
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् ।
एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् ।
जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4