
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल लुना लुइँटेलले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको विरोध गरिन् र लोकतन्त्रमा स्वतन्त्रता र उत्तरदायित्व दुवै आवश्यक भएको बताइन्।
- उनले इन्स्टाग्राममा विश्वका केही देशमा अनलाइन स्वतन्त्रता सीमित रहेको उल्लेख गर्दै नेपालमा नागरिकको आवाजको सम्मान गर्न सरकारलाई आग्रह गरिन्।
- लुनाले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताइन् र सन् २०२५ को मिस नेपालको उपाधि प्राप्त गरेकी छन्।
काठमाडौं । मिस नेपाल लुना लुइँटेलले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको विरोध गरेकी छन् ।
नेपाल लोकतान्त्रिक मुलुक रहेको र लोकतन्त्रमा स्वतन्त्रतासँगै उत्तरदायित्व पनि आउने उनको भनाइ छ ।
नागरिकको आवाजको सम्मान गर्न, सम्बन्धलाई अझै स्थापित गर्न र अचानक अवसरलाई टाढा लैजाने कार्यलाई रोक्ने कुरामा सुनिश्चितता दिलाउन सरकारले सघाउनुपर्ने उनको आग्रह छ ।
इन्स्टाग्राममा लुना लेख्छिन्, ‘संसारमा उत्तर कोरिया, तुर्किमेनिस्तान, चीन, म्यानमार र इरानजस्ता देश पनि छन् जहाँ अनलाइन स्वतन्त्रता सीमित छ । उनीहरूको वास्तविकता भिन्न छ र प्रतिबन्ध उनीहरूको प्रणालीको लामो समयदेखि हिस्सा रहेको छ ।’
उनले भ्रष्टाचारको पनि विरोध गरेकी छन् । भ्रष्टाचारलाई सामान्यरुपमा लिन नसकिने बताउँदै भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएकी छन् ।
मिस नेपालले यसवर्ष जेन-जी पुस्ताकी मिस नेपाल प्राप्त गरेको छ । लुनाले गतसाता आयोजित फिनालेमा सन् २०२५ को मिस नेपालको उपाधि उचालेकी थिइन् ।
प्रतिक्रिया 4