+
+
Shares

बुटवलमा जेनजीले घेरे एमाले पार्टी कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:५७

२३ भदौ, काठमाडौं । आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले बुटवलस्थित एमाले पार्टी कार्यालय घेराउ गरेका हुन् ।

स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए ।

जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू समेत जारी गरेको छ । सोमबार अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?