
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंपछि ललितपुर प्रशासनले पनि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहने जनाएको छ ।
पुल्चोकस्थित यूएन हाउस र न्यायाधीस निवासको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।
जसअनुसार पूर्वतर्फ इनाररोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकारी आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्र अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ ।
यस्तै भैंसीपाटीस्थित मन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
पूर्वमा भैंसेपाटी बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैंसेपाटी आवास गेटमा निषेधाज्ञा घोषणा गरिएको छ ।
सानेपास्थित नोपली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र, पूर्वमा सानेपा चोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक क्षेत्रसम्म निषेधाज्ञा लागू हुनेछ ।
निषेधाज्ञा अवधिभर कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्य नगर्न प्रशासनको आग्रह छ ।
प्रतिक्रिया 4