
२३ भदौ, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् ।
यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4