+
+
Shares

अखिलकै उपाध्यक्ष श्रेष्ठले मागे प्रधानमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २१:३४

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमन भएकाले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर देशभर १९ जनाको मृत्यु भएको छ भने घाइते हुनेहरूको संख्या तीन सय नजिक पुगिसकेको छ । यस्तो अवस्थामा चर्को दबावपछि लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

तर गृहमन्त्रीको राजीनामाले नपुग्ने माग उठिरहेको छ । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा राजीनामा मागिरहेका छन् ।

राजीनामा माग्नेमा एमालेकै कार्यकर्ताहरु समेत देखिएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

‘देश र जनता भन्दा माथि कोही पनि हुँदैन । देश रहे हामी रहौंला..’, उनले लेखेका छन् । श्रेष्ठलाई पछ्याउँदै अनेरास्ववियुका अरुले पनि ह्यासट्याग स्टेपडाउनपीएम चलाइरहेका छन् । सँगै कालोदिन भनेर प्रोफाइल पनि राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?