+
+
Shares

शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुदमन्त्री तेजुलाल चौधरी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ९:२५

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुदमन्त्री तेजुलाल चौधरी छन् ।

शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए ।

उनले भने, ‘शेखर दाइले आफ्नो पक्षबाट मन्त्री भएकालाई राजीनामा दिन भन्नुभएको छ । कृषि मन्त्री रामनाथ अधिकारी राजीनामा दिन लाग्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?