२४ भदौ, गोरखा । जेन जी युवाहरुको प्रदर्शनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ ।
सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् ।
यस्तो परिस्थितिमा विद्यालय संचालन गर्न कठिन हुने भन्दै पालिकाभित्रका सामुदायिक र संस्थागत बिद्यालयमा शोक बिदा दिने निर्णय गरिएको पालिकाहरुले बताएका छन् ।
द्रव्यशाह बहुमुखी क्याम्पसले तीन दिन पठनपाठन बन्द रहने जनाएको छ । मंगलबार सूचना जारी गर्दै बिहीवारसम्म पठनपाठन बन्द हुने र दुई दिन क्याम्पसको प्रशासनिक कार्य पनि स्थगित गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4