
२४ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले वर्तमान सत्ताले हिजैदेखि राजनीतिक वैधता गुमाइसकेको टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीजी, १९ जना छोराछोरीको हत्याको कलंक अब तपाइँले सधै बोक्नु पर्नेछ’ गाउँलेले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनी अगाडि थप्छन्, ‘भ्रष्टाचार निर्मूलजस्तो सुशासनको माग बोकेर हिडेका युवा पुस्तालाई गोली उपहार दिने तपाइँको सत्ताले हिजोदेखिनै राजनीतिक वैधता गुमाइसकेको छ ।’
‘एमाले भित्रको ठूलो हिस्सामा आलोचनात्मक चेत कमजोर भएकोले पार्टीभित्र तपाइँलाई यो यथार्थ सायदै कसैले भन्ने छ’ उनलेले लेखेका छन्, ‘समयमै राजिनामा गरेर छानबिनमा सघाउनुस, ढिलाइको परिणाम महंगो हुनसक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4