
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा सामान लुटपाट गरी आगो लगाएका छन्।
- भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोरमा पूरै आगो लगाइएको र क्षतिबारे यकिन नभएको बताए।
- भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए र यसअघि कोटेश्वरमा पनि लुटपाट भएको थियो।
२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्।
भाटभटेनी चेनको यो पहिलो स्टोर हो। आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरलाई बताए।
‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ।’
भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4