+
+
Shares

जेनजी आन्दोलनले रोकियो ‘इन्फा अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्फा अवार्ड २०२५ जेनजी आन्दोलनका कारण सेप्टेम्बर १३ बाट नोभेम्बर १, २०२५ मा सारिएको आयोजक मनीष कार्कीले बताए।
  • आन्दोलनका क्रममा १९ नागरिकको मृत्यु र सयौं युवा घाइते भएका कारण अवार्ड मिति परिवर्तन गरिएको छ।
  • इन्फा अवार्डले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र शान्ति, न्याय, समानता सन्देश दिन लक्ष्य राखेको छ।

काठमाडौं । ‘इन्फा अवार्ड २०२५’ रोकिएको छ । जेनजी आन्दोलनको कारण आयोजना मिति पछि सारिएको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बर १३, २०२५ मा बेलायतमा आयोजना हुने तय भएको कार्यक्रम अब नोभेम्बर १, २०२५ मा हुने भएको आयोजकले जनाएको छ ।

आन्दोलनका क्रममा सरकारले गरेको दमन, बल प्रयोग र धरपकडका कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवा घाइते भएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन अवार्ड प्रमुख मनीष कार्कीले बताए ।

स्थगनबारे जानकारी दिँदै उनले भने, ‘हामी सबै कलाकार, प्रायोजक र दर्शकलाई यो निर्णयका लागि धन्यवाद दिन चाहन्छौं । तपाईंहरूले यो निर्णयलाई बुझ्ने र नयाँ मितिमा हामीसँगै रहने विश्वास लिएका छौं ।’

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुने यस कार्यक्रमले शान्ति, न्याय, समानता र उत्तरदायित्वको सन्देश दिन लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?