+
+
Shares

शंकर र प्रदीपको अपिल : संविधानसम्मत र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्छ

उनीहरुले संयुक्त बक्तव्य मार्फत् संविधान र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १८:५५

२५ भदौं, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको राजिनामा पछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन्।

उनीहरुले संयुक्त बक्तव्य मार्फत् संविधान र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने बताएका हुन्। …सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधान सम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ” सामाजिक सञ्जालमा उनीहरुले लेखेका छन्।

उनीहरुले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु नहुने पनि तर्क गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?