+
+
Shares

त्रिविका क्याम्पस छठपछि मात्रै खुल्‍ने

असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । कात्तिक १० गते छठपर्व परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा असामान्य परिस्थितिका कारण कार्तिक ११ गतेदेखि मात्र पढाइ सुरु हुने त्रिवि रजिष्ट्रार कार्यालयले जनाएको छ।
  • २०८२ साल भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गते त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको सूचना तथा जनसम्पर्क महाशाखाले बताएको छ।
  • जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।

२६ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ ।

असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । कात्तिक १० गते छठपर्व परेको छ ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।’ सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा उल्ल्लेख छ ।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।

हेर्नुहोस् त्रिविको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?