
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा बिहीवार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू जारी गरिएको छ।
- कर्फ्यू अवधिभर पाँच जनाभन्दा बढी भेला हुन नपाइने र सभा, सम्मेलन र जुलुस निषेध गरिएको छ।
- एम्बुलेन्स, शव बहान, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र खाद्यान्न ओसारपसार गर्ने सवारी सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।
२६ भदौ, गोरखा । गोरखामा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू रहने जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ।
सो अवधिभर पाँच जनाभन्दा बढी संख्यामा भेला भएर बस्न नपाइने बताइएको छ । सभा, सम्मेलन र जुलुस निषेध गरिएको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका काम नगर्न भनिएको छ ।
यस्ता गतिविधि गरेमा कानुन अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
एम्बुलेन्स, शव बाहन, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी भने चल्न पाइने बताइएको छ ।
त्यस्तै तरकारी, खाद्यान्न, दुध, पानी र औषधी ओसारपसार गर्ने सवारी सधान पनि संचालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4