+
+
Shares

८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलबाट नि:शुल्क नवीकरण गर्न सक्ने

पर्यटन बोर्डका अनुसार त्रिभुवन विमानस्थलबाट प्रस्थानका बेला पर्यटकले भिसा नवीकरण गरी आफ्नो मुलुक फर्कन सक्ने गरी निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:१०
फाइल तस्वीर

२६ भदौ, काठमाडौं । ८ सेप्टेम्बर र त्यसपछि भिसा सकिएका पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि:शुल्क भिसा नवीकरण गर्न सक्ने भएका छन् ।

नेपाल पर्यटन बोर्डले पर्यटकका लागि अपडेट सार्वजनिक गर्दै यस्तो  जानकारी गराएको हो । बोर्डका अनुसार त्रिभुवन विमानस्थलबाट प्रस्थानका बेला पर्यटकले भिसा नवीकरण गरी आफ्नो मुलुक फर्कन सक्ने गरी निर्णय भएको छ ।

बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सामान्य भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाली सेनाले हवाई टिकटका आधारमा यात्रुलाई आवतजावतको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?