
२६ भदौ, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) को सम्पूर्ण पठनपाठन छठ पर्वपछि मात्रै सञ्चालन हुने भएको छ ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारी आवतजावतमा असहज देखिएको भन्दै केयूले यस्तो निर्णय गरेको हो ।
पूर्व प्रकाशित परीक्षा तथा अन्य परीक्षाको सञ्चालनका लागि विश्वविद्यालको पठनपाठन सुचारु भएपछि मात्र सूचना प्रकाशन गर्ने भएको छ ।
विभिन्न स्कुलबाट सञ्चालित भइरहेका परीक्षाहरूका हकमा भने सम्बन्धित स्कुलका डीन र परीक्षा नियन्त्रकले आवश्यक समन्वय गरी निर्णय लिने छन् ।
विश्वविद्यालयका होस्टलहरूमा बस्ने विद्यार्थीका लागि विश्वविद्यालयबाट काठमाडौंसम्म जानका लागि २७ र २८ भदौ बिहान ६:३० बजे धुलिखेलको मेन गेटबाट जाने बसको व्यवस्था गरिएको छ भने उपत्यका बाहिर जाने विद्यार्थीलाई विद्यार्थी कल्याण निर्देशनालयसँग सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4