+
+
Shares

पशुपन्छी तथा कृषि उत्पादन, मासु, दूध लगायत निर्वाध ढुवानी गर्न विभागको आग्रह

विभागले बिहीबार सूचना जारी गरी किसानहरूको हित ध्यानमा राखी यस्ता सामग्री निर्वाध ओसारपसारमा सहजीकरण गर्न आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १८:११

२६ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले देशभरि असहज र विषम परिस्थितिका कारण पशुपन्छी तथा पशुजन्य पदार्थ ढुवानीमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।

विभागले बिहीबार सूचना जारी गरी किसानहरूको हित ध्यानमा राखी यस्ता सामग्री निर्वाध ओसारपसारमा सहजीकरण गर्न आग्रह गरेको हो ।

विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले हाल देशमा विद्यमान असहज परिस्थितिका कारण पशु तथा पशुजन्य पदार्थ एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।

व्यवसायीले विभागमा यस्ता समस्या समाधानका लागि अनुरोध गरेपछि विभागले सूचना जारी गरेको हो ।

विभागले एक दिने चल्ला, अन्डा, पशुपन्छी, दूध, माछा, मासु तथा अत्यावश्यक पशुपन्छीका दाना र दानाका कच्चापदार्थ जस्ता कृषिजन्य वस्तु निर्धारित समयभित्र गन्तव्यमा पुर्‍याउनुपर्नेमा जोड दिएको छ ।

यदि यस्ता वस्तु समयमा पुग्न नसके बिग्रिने वा नष्ट हुने सम्भावना भएकाले यसबाट साधारण किसानको हितमा प्रतिकूल असर पर्ने विभागले जनाएको छ ।

उल्लिखित वस्तु निर्वाध देशभरि ओसारपसार हुन आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्बन्धित सबैमा अनुरोध गरिएको छ । यसको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?