+
+
Shares

अमेरिकी सिनेटरहरूको आग्रह : नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते ५:५२

२७ भदौ, वाशिङ्गटन डिसी । अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् ।

सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’

साथै नागरिकहरूविरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन पनि उनीहरुले अपिल गरेका छन् ।

नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य भएको भन्दै उनीहरुले पीडित र उनीहरूको परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।

शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?