+
+
Shares

जेनजी आन्दोलनको असर : ‘जारी २’को प्रदर्शन रोकियो, दशैं रिलिज के होला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीका कारण नेपाली फिल्महरूको प्रदर्शन एकपछि अर्को स्थगित भएका छन्।
  • संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन हुने तय गरिएको फिल्म 'जारी २' को प्रदर्शन रोकिएको छ।
  • फिल्म निर्देशक रामबाबु गुरुङले मुलुकको जनजीवन पुनः लयमा फर्किएपछि नयाँ प्रदर्शन मिति घोषणा हुने बताए।

काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीको कारण फिल्मको रिलिज एकपछि अर्को गरि स्थगित हुन थालेका छन् ।

गतसाता ‘अभिमन्यु’को प्रदर्शन स्थगित भैसकेको छ ।

संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘जारी २’को प्रदर्शन रोकिएको छ ।

फिल्मका निर्माता रामबाबु गुरुङले मुलुकको वर्तमान स्थितीलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नहुने बताए ।

‘मुलुकको जनजीवन पुनः लयमा फर्किन थालेको खण्डमा नयाँ मिति घोषणा हुने नै छ’ गुरुङले अनलाइनखबरसँग भने ।

विकसित घटनाक्रमले दशैंको फूलपातिमा रिलिज हुन लागेका फिल्मको प्रदर्शन पनि प्रभावित हुनसक्ने देखिएको छ । जेनजी आन्दोलनपछि मुलुकको समग्र मुड र प्रचारप्रसार रिलिज हुँदा ती फिल्मलाई पनि असर पर्न सक्ने देखिन्छ ।

मनोरञ्जन क्षेत्र कति चाँडो लयमा फर्किनेछ भन्ने कुरा राजनीतिक परिस्थिती कसरी अघि बढ्छ भन्ने कुरामा निर्भर हुने फिल्म निर्देशक मनोज पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?