
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित गायक सज्जनराज वैद्य र उनको ब्याण्डले मुलुकको परिस्थितीलाई ध्यानमा राख्दै सेप्टेम्बर र अक्टोबर महिनाका सबै सांगीतिक टूर स्थगित गरेको घोषणा गरेका छन्।
- गायक वैद्यले नोभेम्बर १ मा हङकङबाट टूरहरूको पुनः थालनी गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।
- जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा र मुलुकको हितका लागि खटिएकाको सम्मानमा सबै सांगीतिक गतिविधि तत्काल रोकेको गायक वैद्यले जनाएका छन्।
काठमाडौं । चर्चित गायक सज्जनराज वैद्य र उनको ब्याण्डले मुलुकको परिस्थितीलाई ध्यानमा राख्दै देश तथा विदेशका सबै सांगीतिक टूर स्थगित गर्ने घोषणा गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै गायक वैद्यले सेप्टेम्बर र अक्टोबर महिनाका सबै सांगीतिक टूर स्थगित गरिएको जनाएका छन् ।
नोभेम्बर १ मा हङकङबाट टूरहरूको पुनः थालनी गर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा र मुलुकको हितको लागि खटिएकाको सम्मानमा आफूहरूले सबै सांगीतिक गतिविधि तत्काललाई रोकेको उल्लेख छ ।
मुलुकको निर्माणमा आफूहरूलाई सघाउन समेत गायक वैद्यले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4