+
+
Shares

रेस्टुरेन्टमा आगजनी भएपछि टिकटक स्टार अंश वर्मा : शून्यबाट उठ्नेछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटक स्टार अंश बर्माको कीर्तिपुरस्थित ५० लाख रुपैयाँ लगानीमा बनेको 'चिया बगान कीर्तिपुर' रेस्टुरेन्ट आगजानी र लुटपाटमा पूर्णरूपले नष्ट भएको छ।
  • अंश वर्माले जेनजी आन्दोलनको क्रममा घुसपैठ तत्वले रेस्टुरेन्ट जलाएको र ३० भन्दा बढीलाई रोजगारी दिएको बताएका छन्।
  • राजनीतिक परिस्थिती शान्त भएपछि पुनःनिर्माण गरेर रेस्टुरेन्ट सञ्चालनमा ल्याउने अंश वर्माले बताएका छन्।

काठमाडौं । टिकटक स्टार अंश बर्माको कीर्तिपुरस्थित रेस्टुरेन्टमा आगजानी र लुटपाट भएको छ । जेनजीको आन्दोलनको क्रममा घुसपैठ तत्वले रेस्टुरेन्टमा क्षति पुर्‍याएको अंश वर्माले जनाए ।

५० लाख रुपैयाँको लगानीमा निर्माण भएको ‘चिया बगान कीर्तिपुर’ नामक उक्त रेस्टुरेन्ट गतसातादेखि संचालनमा आएको थियो । कीर्तिपुरको हनुमानघाटस्थित उक्त रेस्टुरेन्ट सबै जलेको छ भने सामान पनि लुटपाट भएको छ ।

आफूले ३० जनाभन्दा धेरैलाई रोजगारी दिएको वर्मा बताउँछन् । राजनीतिक परिस्थिती शान्त भएमा पुनःनिर्माण गरेर रेस्टुरेन्ट संचालनमा ल्याउने उनले जनाए ।

‘जेनजीको आन्दोलनमा घुसपैठ गरेर केही तत्वले रेस्टुरेन्ट जलाएका छन् । हामीले मुलुकमा परिवर्तन र उन्नती चाहेको हो’ अंश वर्मा भन्छन्, ‘अब हामी शून्यबाटै उठ्छौं ।’

समाजसेवामा पनि सक्रिय अंश वर्मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर हुन् । उनलाई टिकटक प्लाटफर्ममा लाखौंले पछ्याउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?