
२७ भदौ, नेपालगञ्ज । जेन–जीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपालगञ्जका सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव नेपालगञ्ज लगिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी श्रेष्ठका बुवा सोही दिन काठमाडौं आएका थिए । मृत्युपछि त्रिवि शिक्षण अस्पतालमा राखिएको उनीहरूको शव शुक्रबार नेपालगञ्ज लगिएको हो ।
काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।
सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4