+
+
Shares

प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र उपस्थित

रास्वपा नेता सुमना श्रेष्ठ पनि सहभागी

विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ सहभागी उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो । तर आज त्यस्तो भएन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २२:१७

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरुमा बाबुराम भट्टराई मात्र पुगेका छन् । अन्य पूर्व प्रधानमन्त्रीहरु कोही पनि उपस्थित भएनन् । विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ सहभागी उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो । तर आज त्यस्तो भएन । राजनीतिक दलका नेताहरु पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ पनि सपथमा पुगेकी थिइन् । उनले पनि जेनजी युवाहरुसहित प्रधानमन्त्री कार्कीसँग हात उठाएर  खुसीयाली मनाएकी थिइन् । सुमना श्रेष्ठ र  प्रधानमन्त्री कार्कीले अ‌ंगालो मारेर बधाई साटासाट गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?