+
+
Shares

मध्यपुरठिमीको प्रहरी वृत्त सरसफाइमा जुटे युवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १३:३६

२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको भक्तपुरको मध्यपुरठिमीका संरचना सरसफाइ र पुनर्निर्माणमा स्थानीय युवाहरु जुटेका छन् ।

यसैक्रममा आज बिहानदेखि युवाहरु भक्तपुरको मध्यपुर ठिमीमा रहेको प्रहरी वृत्त सरसफाइको काममा सक्रिय छन् ।

युवाहरुको समूह ‘मेन्स रुम रिलोडेड’को आह्वानमा प्रहरीहरुसँगै युवाहरु पनि सरसफाइमा जुटेको अधिवक्ता समेत रहेका विनोदमणि भट्टराईले जानकारी दिए ।

‘मेन्स रुम रिलोडेड’ले सामाजिक सञ्जालमार्फत् युवाहरुलाई सरसफाइमा जुट्न आह्वान गरेको थियो । सो आह्वानमार्फत् युवाहरु स्व:स्फूर्तरुमा सरसफाइमा जुटेका हुन् ।

जेनजी युवाहरुको प्रदर्शनको क्रममा एक समूहले प्रहरी वृत्त ठिमीमा तोडफोड गर्दै आगजनी गरेको थियो ।

सो घटनापछि यत्रतत्र छरिएका कागजपत्र संकलन गर्ने, खरानी र आगोमा जलेका अवशेष हटाउने तथा बिग्रिएका र भाँचिएका संरचना मर्मत गर्ने काम भइरहेको सरसफाइमा सहभागी अधिवक्ता भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?