
News Summary
Generated by OK AI. Editorially reviewed.- सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा चुनावको मिति घोषणा गरेको छ।
- राजेश हमाल र अनमोल केसीले जेनजी आन्दोलनको पक्षमा खुलेर समर्थन जनाएका छन्।
- अभिनेत्री जसिता गुरुङले विदेशमा बस्ने नेपालीलाई मतदानका लागि घर जान आग्रह गरेकी छन्।
काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुन (मार्च ५)मा चुनावको मिति घोषणा गरेको छ ।
पछिल्लो राजनीतिक विकासक्रममा सेलिब्रेटीले चासो दिइरहेका छन् । यसअघि प्रायः राजनीतिक मुद्दामा मौनप्रायः रहने कलाकारले यसपटक भने खुलेरै जेनजी आन्दोलनको मागमा समर्थन जनाइरहेका छन् ।
राजेश हमाल हुन् या अनमोल केसी । अघिपछि मौन रहने यी कलाकारले यसपटक खुलेरै जेनजीको पक्षमा मत जाहेर गरे ।
पहिलो महिला प्रधानमन्त्रीको रुपमा कार्की नियुक्त भएपछि खासगरि अभिनेत्री वृत्तमा अहिले खुसीयाली छाएको छ । अभिनेता जसिता गुरुङले त सरकारले घोषणा गरेको आउँदो चुनावलाई सफल पाउन सामाजिक संजालबाट आग्रह गरेकी छन् ।
विशेषगरि विदेशमा बसोबास गर्ने नेपालीलाई मताधिकारको प्रयोग गर्न उनको आग्रह छ । ‘विदेशमा बस्नुहुने सबै नेपालीलाई नयाँ नेपाल निर्माणको लागि योगदान गर्ने मौका छ’ उनी लेख्छिन्, ‘कामबाट बिदा लिनूस र मतदानको लागि घर जानूस ।’
जसिता अभिनित फिल्म ‘जेरी अनटप’ प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4