+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन कारागारबाट फरार भएका ७४० कैदीबन्दीमध्ये २३५ जना सम्पर्कमा आएर कारागार फर्किएका छन्।
  • कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले ४६ महिला कैदीबन्दीमध्ये २७ जना पनि फर्किएको जानकारी दिनुभयो।
  • कतिपय टाढा भएकाले सम्पर्कमा आउन समय लाग्ने र करिब ५० जना अझै सम्पर्कमा नआएको उहाँले बताउनुभयो।

२९ भदौ, चितवन। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्।

गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्।

उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।’ कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।

कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए ।

यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् ।

कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् । करिब ५० जना सम्पर्कमा नआएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?