
२९ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
विभागले आइतबार सूचना जारी गर्दै हालैका आन्दोलनबाट सिर्जित विषम परिस्थिति सामान्यीकरण हुँदै गएकाले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्न र वस्तु सञ्चित नगर्न व्यवसायीलाई आग्रह गरेको हो ।
विभागले उपभोक्ता हित संरक्षणका लागि वस्तु सञ्चित नगर्न–नगराउन निजी क्षेत्र र आवश्यकता भन्दा बढी खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
विभागले निजी क्षेत्रका उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता लगायत सम्पूर्ण निजी क्षेत्रलाई माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न पनि अनुरोध गरेको छ ।
यसैगरी आम उपभोक्तामा समेत बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तु अभाव नभएकाले आवश्यकता भन्दा बढी खरिद तथा सञ्चय नगर्न आग्रह गरिएको छ ।
विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजार ः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारासाथ उपभोक्ता हित संरक्षणमा सक्रिय रहेको जनाएको छ ।
प्रतिक्रिया 4