+
+
Shares

तस्वीरमा हेर्नुहोस् तीन मन्त्रीको शपथ

नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र  ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:५४

३० भदौ, काठमाडौं । सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र  ओमप्रकाश अर्यालले शपथ लिएका हुन् । खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ भने घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरूले शपथ लिएका हुन्  ।

प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथ ग्रहणमा भने देखिए । उनी हुन्- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए ।

तर सभामुख देवराज घिमिरे भने जेनजी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिन अघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे । उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् ।

प्रतिनिधिसभा विघटन भए पनि सभामुखको पद यथावत रहन्छ । प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरूको मनोनयनको दिन मात्रै सभामुखको पद रिक्त भएको मानिन्छ । उपसभामुखको पदीय हैसियत पनि सभामुखको सरह हुन्छ ।

शपथ ग्रहण कार्यक्रममा सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरू पनि उपस्थित छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा छ । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  । सोमबार चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?