यसअघि बलिउडमा साहरुख खान र आमिर खानको चलचित्रले मात्र २ सय करोड माथिको नेट कलेक्शन गरेका थिए । तर यसअघि ६ वटा सय करोड माथि व्यापार गर्ने सिनेमा दिएका नायक सलमान खानको नयाँ चलचित्र ‘किक’ले नयाँ ईतिहास बनाएको हो ।
सलमानको यो सिनेमाले दोश्रो साताको सोमबार २ सय करोड माथिको कलेक्शन गरेको हो । यो सँगै बलिउडमा २ सय करोड पुरा गर्ने नायकहरुमा खान पात्र परेका छन् ।
२ सय करोड कमाएसँगै नायक सलमान खान निक्कै खुशी देखिएका छन् ।
यता, नायिका ज्याकलिन फर्नान्डेजको पनि भाग्य खुलेको छ । उनलाई एकपछि अर्को सिनेमाको अफर आउन थालेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4