
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र निर्माता संघले जेनजी आन्दोलनको क्रममा प्रभावित सिनेमाघर व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुनस्र्थापित गर्न सरकारलाई आग्रह गरेको छ।
- संघका अध्यक्ष नवल खड्काले चलचित्र उद्योग संरक्षण र संक्रमणकालिन अवस्थामा चलचित्र प्रदर्शकलाई आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न आग्रह गर्नुभएको छ।
- संघले जेनजी आन्दोलनमा भएको आगजानी र तोडफोडबाट ४ वटा हलमा १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाएको छ।
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रभावित सिनेमाघर व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुनस्र्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै अध्यक्ष नवल खड्काले चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गरेका छन् । साथै, चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न आग्रह गरेको छ ।
संघले सिनेमाघर मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र बजारको विस्तार गर्ने महत्वपूर्ण आधारशिला रहेको जनाएको छ ।
‘यस्ता सांस्कृतिक संरचनामाथि गरिएको आगजानी र तोडफोड लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन हो’ विज्ञप्तिमा भनिएको छ ।
प्रदर्शकको छाता संस्था चलचित्र संघका अनुसार जेनजी आन्दोलनको क्रममा भएको आगजानी र तोडफोडबाट ४ वटा हलमा १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
प्रतिक्रिया 4