+
+
Shares
जेनजी आन्दोलन :

चलचित्र घरमा १७ करोडको क्षति, हलहरू तत्काल नखुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
  • भाटभटेनीस्थित क्यूएफएक्स हलमा १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ र भवन पूर्णरुपमा जलेको छ।
  • संघका महासचिव सुरेन्द्र थापाले केही दिन हल खुल्ने छैनन् र पुनः बैठक बसेर निर्णय गर्ने बताउनुभयो।

काठमाडौं । चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा पुगेको क्षतिको विवरण संकलन गरेको छ ।

शनिबार बसेको संघको बैठकले ४ हलमा भएको आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।

धेरै क्षति बिराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्सलाई पुगेको छ । भवन पूर्णरुपमा जलेको छ । त्यहाँभित्र रहेको हललाई मात्र १५ करोड रुपैयाँको क्षति पुगेको छ ।

गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टरको बुथमा गरिएको आगजनी र तोडफोडले क्षति पुगेको छ । आगजनीले ६ तलामाथि रहेको हलको उपकरणमा असर परेको छ ।

क्यूएफएक्सको भक्तपुर र बुटवलका हलको बाहिर रहेका टिकट काउन्टर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ‘कूल १७ करोड बराबरको क्षति पुगेको छ’ चलचित्र संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले भने ।

उनका अनुसार, केही दिन अझै हल खुल्नेछैन । ‘अवस्था अझै संवेदनशिल भएकाले तत्काल हल खुल्नेछैनन्’ उनले भने । हल कहिले खोल्नेबारे निर्णय गर्न संघको बैठक केही दिनमा पुनः बस्नेछ ।

अहिले मुलुकभर १६५ फिल्म हल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?