 
																			३० भदौं, काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल आफ्नो निजी सवारीमा अर्थमन्त्रालय आएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आफै गाडी चलाएर शपथ ग्रहण समारोहमा पुगेका अर्थमन्त्री खनालले पदभार ग्रहण गर्न आउँदा पनि सरकारी गाडी प्रयोग नगरी निजी गाडीमै अर्थ मन्त्रालय पुगेका हुन् ।
यसअघि उनले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका थिए भने निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्वीकार गरेका थिए ।
खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन्।
खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए ।
सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4