
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनमा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्यलाई निर्देशन दिएको छ।
- महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले २३ र २४ भदौमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका सामग्री ओसारपसार हुन सक्ने आशंका व्यक्त गरे।
- महासंघले अवैध ओसारपसारले कानुनी समस्या निम्तिन सक्ने भन्दै सबै सदस्यलाई सचेत रहन र त्यस्ता सामान नओसार्न आग्रह गरेको छ।
३१ भदौ, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसार–पसार हुन सक्ने आशंका रहेको जनाएका छन् ।
यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसारपसार भएमा कानुनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै सदस्य संस्थालाई सचेत रहन र व्यवसायीलाई त्यस्ता सामान नओसार्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4