
३१ भदौ, जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा १९२ कैदी फिर्ता भएका छन् । जेनजीको आन्दोलन चर्केपछि गत २४ भदौमा जलेश्वरा कारागारबाट एक मध्ये ५७५ (सबै) कदैबन्दी भागेका थिए ।
कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरका अनुसार हालसम्म स्वतस्फूर्त रूपमा १७८ कैदीबन्दी फर्केका छन् । १३ जनालाई पक्राउ गरेर ल्याइएको छ । एक जना कैदीबन्दी भने कारागारमै बसेका थिए ।
स्वतस्फूर्त फर्किने कैदीमा २० वर्ष जेल सजाय भएका समेत कैदीबन्दी रहेको सूचना अधिकारी ठाकुरले बताए । बाँकीको खोजी कार्य भइरहेको जेल प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4