
३१ भदौ, काठमाडौं । नेपाल मिडिया सोसाइटीले सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यक्तिका निजि निवास सार्वजनिक भवन तथा सञ्चारकर्मीमाथि भएका आक्रमण तथा लुटपाटका घटनाको अनुसन्धान गर्न माग गरेको छ ।
सोसाइटीका अध्यक्ष मदन लम्सालले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी गराएका छन् ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाहरूको निन्दा गर्दै सञ्चारगृहमाथि भएको आक्रमणप्रति सोसाइटीले दु:ख व्यक्त गरेको छ ।
‘प्रदर्शनको मौका छोपेर अपरााधिक समूहले पत्रकार र सञ्चारकर्मीमाथि गरेको कुटपिट र सञ्चारगृहमा भएको तोडफोड तथा आगजनीप्रति नेपाल मिडिया सोसाइटी घोर भर्त्सना र निन्दा गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
निजी सम्पत्तिको संरक्षण गरिनु पर्ने संवैधानिक हक कोही कतैबाट अपहरण गरिनु हुँदैन भन्नेमा सोसाइटी दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4