
News Summary
Generated by OK AI. Editorially reviewed.- मिसेस नेपाल वर्ल्ड २०२५ का प्रतिस्पर्धीले संसद भवन परिसरमा दीप प्रज्वलन गर्दै जेनजी शहिदलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
- शहिदको बलिदानलाई खेर जान नदिन र भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प व्यक्त गरिएको छ।
- जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ र सरकारले उनीहरूलाई शहिद घोषणा गरेको छ।
काठमाडौं । जेनजी शहीदको सम्झनामा सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का प्रतिस्पर्धीले संसद भवन परिसरमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार बेलुका दीप प्रज्वलन गदैै उनीहरूले शहिदको बलिदानलाई खेर जान दिन नहुने बताए । साथै, भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प व्यक्त गरे ।
शहिदको योगदानले नयाँ पुस्तामा आशा र परिवर्तनको प्रेरणा जगाउने उनीहरूको भनाइ थियो । आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका प्रतिनिधिले श्रद्धाञ्जली कार्यक्रम भ्रष्टाचारविरुद्धको आवाज रहेको बताए ।
युवा र सामाजिक अभियन्ताको समेत सहभागी रहेको कार्यक्रममा मौन धारण गर्दै सहिदको आत्माको चिरशान्तिको कामना समेत गरिएको थियो ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या बुधबारसम्म ७४ पुगेको छ । आन्दोलनपछि गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ज्यान गुमाउने जेनजीलाई शहिद घोषणा गरेको थियो ।
बुधबार देशभर शोक बिदा समेत दिइएको छ ।
प्रतिक्रिया 4