+
+
Shares

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ र पर्सिदेखि लागू हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
  • गत चैत ७ गतेबाट लागु भएको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले विरोध जनाएका थिए।
  • साउन १२ गते प्राविधिक त्रुटि भएपछि नेप्सेले क्षमायाचनासहित अंक सच्याएको र अन्ततः नेप्से ७ अंक बढेको थियो।

५ असोज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।

आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।

अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो । यो विधि हटेसँगै अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना हुनेछ ।

२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।

साथै यसअघि भारित औसत गणनाका क्रममा त्रुटि समेत पाइएको थियो । नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नभएकाले अहिले भारित औसत गणना विधि हटाउनुपर्ने माग ब्रोकरले पनि गर्दै आएका थिए ।

साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो ।

त्यतिबेला भारित औसत गणनामा प्राविधिक त्रुटि भएको भन्दै नेप्सेले क्षमायाचनासहित अंक सच्यायो । अन्ततः भारित औसत गणनाको त्रुटि सच्याएपछि नेप्से ७ अंक बढ्न पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?