+
+
Shares

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका छन्।
  • सन्तबहादुर तामाङ जवरजस्ती करणीको मुद्दामा जेलमा थिए र जेन्जी आन्दोलनका क्रममा भागेका थिए।
  • इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै छ र थप विवरण आउन बाँकी छ।

५ असोज, काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?