+
+
Shares

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएका छन्।
  • घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।
  • विभिन्न जेनजी समूहले सरकार समक्ष आ–आफ्ना माग राख्दा राजनीतिक दलका युवाहरूले आन्दोलनको लाभ उठाउन खोजेको भन्दै विवाद उत्पन्न भएको छ।

५ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।

जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।

जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?