प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थानमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा २४ वर्षीया सृष्टि तामाङ र २४ वर्षीय धिरेन्द्र चन्द छन्।
- जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले उनीहरूले सरकारी सम्पत्ति नष्ट गरेको बताए।
६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका– घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् ।
उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको पोशाक, धनमालमा क्षति पुर्याएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्रा चक्रराज जोशीले बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4