+
+
Shares

अर्थमन्त्री खनाललाई जिम्मेवारी थप, गृहमन्त्री अर्यालको कटौती

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरेकी छन्।
  • गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरी गृह मन्त्रालयको मात्र जिम्मेवारी दिइएको छ।
  • कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ र मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ।

६ असोज काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दा यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् ।

कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।

मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । कुलमान घिसिङ र सिन्हालाई तीन- तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रामेश्वर खनाललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

डा. मदन परियारलाई कृषि, महाविर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार गरी एक/एक मन्त्रालय मात्र दिइएको छ । अरु मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?