+
+
Shares

विदेशी प्राध्यापकले पढाउने छन् केयूमा, १२ प्रतिशत विदेशी विद्यार्थी दीक्षित

विज्ञापनका आधारमा स्कुल अफ एजुकेशनमा ताइवानका १, भारतीय १, नर्डिकबाट १, अमेरिकन १ गरी ४ जनाले अध्यापन सुरु गरेको केयूका प्रवक्ता उद्धव प्याकुरेलले बताए । उनका अनुसार ५ जना केयूको अन्य स्कुलहरुले छनोट प्रक्रिया अगाडि बढाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयले विदेशी प्राध्यापकका लागि आवेदन आह्वान गरेकोमा ४५० भन्दा बढीले आवेदन दिएका थिए।
  • स्कुल अफ एजुकेशनमा ताइवान, भारत, नर्डिक र अमेरिकाबाट ४ जना विदेशी प्राध्यापकले अध्यापन सुरु गरेका छन्।
  • विदेशी प्राध्यापकलाई कार्यरत प्राध्यापकभन्दा ५० प्रतिशत बढी तलब भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ।

७ असोज, काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) मा विदेशी प्राध्यापकले पढाउने भएका छन् । विदेशी प्राध्यापकका लागि केयूले आवेदन आह्वान गरेको थियो। जसमा ४५० भन्दा बढी विदेशी प्राध्यापकले आवेदन दिएका थिए।

विज्ञापनका आधारमा स्कुल अफ एजुकेशनमा ताइवानका १, भारतीय १, नर्डिकबाट १, अमेरिकन १ गरी ४ जनाले अध्यापन सुरु गरेको केयूका प्रवक्ता उद्धव प्याकुरेलले बताए । उनका अनुसार  केयूको पाँच स्कुलहरूले छनोट प्रक्रिया अगाडि बढाएका छन् ।

आवेदकमध्ये स्कुल अफ आर्टससँग सम्बन्धि केहीको इच्छा र विषय विज्ञता रहेकाले ६ जनासँग सम्झौता भएको छ । २ जना प्राध्यापक, २ जना सह–प्राध्यापक र २ जना सहायक प्राध्यापक गरी ६ जनासँग सम्झौता हो।

स्कुल अफ आर्ट्सको लागि विश्वविद्यालयको सर्तमा सहमति जनाउनेमा ब्राजिलियन उप–प्राध्यापक १, अमेरिकन सह–प्राध्यापक १, बेलायती प्राध्यापक १ र सहप्राध्यापक १, दक्षिण कोरियाका प्राध्यापक १ र चिनियाँ सहायक–प्राध्यापक १ जना रहेको स्कुल अफ आर्टसका डिन तथा प्रवक्ता प्याकुरेलले बताए ।

विदेशी ख्यातिप्राप्त प्राध्यापकलाई केयूमा कार्यरतलाई भन्दा ५० प्रतिशत थप तलब भत्ता उपलब्ध गराउनेगरि विज्ञापन आश्वान गरिएको थियो। यसअघि केयूले विदेशी विद्यार्थीलाई विभिन्न फेलोसिपसहित नेपाल ल्याउने र त्यसकालागि हरेक कार्यक्रममा १० प्रतिशत कोटा राखेर नेपाल र विदेशमा कार्यरत शैक्षिक परामर्शदातासँग सहकार्य गर्दै आएको थियो ।

विश्वविद्यालयमा एमफिल, पीएचडी वा अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना भएका विदेशी विद्यार्थीलाई रिसर्च र फेलोमा तिर्न पर्ने शुल्क, होस्टल शुल्कसमेत प्राध्यापक र सह-प्राध्यापकको सिफारिसमा केयूले मिनाहा गर्ने गरेको छ। जसका कारण विदेशी विद्यार्थीको संख्या बढेको केयूको दाबी छ। धेरैजसो विद्यार्थी चीनका रहेका छन्।

विश्वविद्यालयले २७ वटा दीक्षान्त गर्दा ५ हजार हाराहारी अन्य देशका दीक्षित भएका छन्। गत शैक्षिक सत्रमा मात्र ११ जना चिनियाँले विद्यावारिधि, एमबीए तथा एमएमा भर्ना भएका छन्।

विगत ३ दशकमा दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन्। गत वर्षसम्म दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान माल्दिभ्स, बगंलादेशसहित अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसियासहित ५५ देशका करिब ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन्।

केयूको ४१ देशका २८४ बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग केयूको सहकार्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?