
७ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाह ध्वस्त हुँदा लगानीकर्ताको मनोवल घटेको उनको भनाइ थियो ।
नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हर्स्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत नोक्शान भएको जानकारी दिए ।
‘उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ,’ उनले भने, ‘अब छिट्टैमाथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’
उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ । उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ ।
‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बड्नुपर्छ,’ उनले भने ।
केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा उनले राखे ।
प्रतिक्रिया 4