
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा काभ्रे घर भएका युवराज क्याप्छाकी पक्राउ परेका छन्।
- पक्राउ क्याप्छाकीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।
- जेनजीको २४ भदौको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या भएको थियो।
७ असोज, काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् ।
पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।
जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।
रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो । जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटेर हत्या गरिएको थियो ।
त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।
प्रतिक्रिया 4