
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई धनगढीमा पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ का १९ वर्षीय समीर खड्का, आभाष चन्द, जिवेश सापकोटा र हिमाल आचार्य रहेका छन्।
- इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरी दुई पेस्तोल बरामद भएको बताए।
७ असोज, धनगढी । जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द, गौरीगंगा-३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको पुष्टि गरे।
चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए।
पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया 4