News Summary
Generated by OK AI. Editorially reviewed.- फूलपातीको अवसरमा दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता', मिलन तामाङ निर्देशित 'माइतीघर' र सन्तोष सेन निर्देशित 'बलिदान' प्रदर्शन तयारीमा छन्।
- बुधबारदेखि विर्तामोड, बनेपा, बुटवल, धनगढी लगायतका ठाउँका हलले एड्भान्स टिकट विक्री सुरु गरेका छन् भने काठमाडौंका मल्टिप्लेक्सले आजदेखि टिकट बुकिङ खुलाउने तयारी गरेका छन्।
- विदेशी फिल्म 'कान्तारा २' १६ असोज विहिबारदेखि प्रदर्शन हुनेछ र दशैं मनाउन काठमाडौं उपत्यकाबाट मोफसलका जिल्लामा दर्शक जाने भएकाले मोफसलका हलले पहिले टिकट बुकिङ खुलाएका छन्।
काठमाडौं । यदि तपाईं फिल्मलाई पछ्याउनुहुन्छ भने फूलपातीको भीडन्त खास हुनसक्छ । हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर सोमबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छन् ।
बुधबारदेखि यी फिल्मको प्रारम्भिक अग्रिम टिकट विक्री खुल्न थालेको छ । विर्तामोड, बनेपा, बुटवल, धनगढी लगायतका ठाउँका हलले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् ।
काठमाडौंसहित ठूला सहरका हलहरूले पनि साँझदेखि बुकिङ खुलाएका छन् । देशभरको बुकिङ खुल्न भने अझै केही दिन लाग्ने देखिन्छ ।
‘एड्भान्स टिकट विक्री सुरु भैसकेको छ । काठमाडौंका हलले आजदेखि खुलाउने तयारी छ’ चलचित्र संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले भने, ‘सबै हलले खुलाउन केही दिन लाग्नसक्छ ।’
विहिबार वा शुक्रबार बेलुकासम्म फिल्मले कूल कति शो पाउनेछन् भन्ने कुराको यकिन चित्र आइसक्नेछ ।
फूलपातीमा नेपाली फिल्म रिलिज हुनेछन् भने विदेशी फिल्म ‘कान्तारा २’ १६ असोजमा विहिबारदेखि प्रदर्शन हुनेछ ।
दशैं मनाउन काठमाडौं उपत्यकाबाट दर्शक मोफसलका जिल्लामा जाने भएकाले मोफसलका हलले सुरुमा टिकट बुकिङ खुलाएका हुन् ।
फूलपातीमा दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’, मिलन तामाङ निर्देशित ‘माइतीघर’ र सन्तोष सेन निर्देशित ‘बलिदान’ प्रदर्शन तयारीमा छन् ।
प्रतिक्रिया 4