+
+
Shares

राजस्व सचिव घिमिरे वित्त आयोगमा सरुवा, अर्थमा एक सचिव मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ।
  • अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा घिमिरेलाई सरुवा गरिएको हो र अर्थ मन्त्रालयमा तत्काल एक मात्रै सचिव रहनेछन्।
  • मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ भने गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।

७ असोज, काठमाडौं । सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई सरुवा गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगेको छ ।

लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा सरुवा गरिएको हो । अब अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन् ।

मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने गृहमा रहेको गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।

आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?