+
+
Shares

लक्ष्मी सनराइजको अगुवाइमा दूधकोशी–२ जलविद्युत आयोजनामा १५ अर्बको लगानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:५२

१० असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्था र दूधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा निर्माण हुने अर्धजलासय प्रकृतिको यस आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ। यो महत्वपूर्ण सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दूधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनाले ७ असोज २०७७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ भने ६ मंसिर २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत सम्पन्न गरिसकेको छ ।

यस कम्पनीका मुख्य प्रवर्द्धकमा आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा रहेको सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी ३० प्रतिशत रकम भने कम्पनीका संस्थापकहरूबाट जुटाइनेछ ।

यस सहवित्तीयकरणमा एभरेष्ट बैंक लिमिटेड सह-अगुवा बैंकको रूपमा र सानिमा बैंक लिमिटेड सदस्य बैंकको रूपमा रहेका छन् । कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहने छ ।

यस आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । यसले देशकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकहरूमध्ये एकको रूपमा यस आयोजनालाई स्थापित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?