+
+
Shares

कर्णाली प्रदेशको समूहमा जनार्दनको प्रस्तावको पक्षमा ३ जना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी छ जसमा ६५ जना सहभागी थिए।
  • अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने र मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठले फागुन २१ पछि महाधिवेशन गर्ने र उपमहासचिव शर्माले नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन्।

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी छ ।

समूह नेताको रूपमा महेन्द्र शाहीले निष्कर्ष प्रस्तुत गरेका छन् । शाहीले प्रस्तुत गरे अनुसार समूहमा कूल सहभागी संख्या ६५ जना थिए । त्यसमध्ये  धारणा व्यक्त गर्नेको संख्या ६३ जना छ । धारणा व्यक्त नगर्नेको संख्या २ रहेको छ ।

जसमा अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाउनेको संख्या ५३ जना रहेको छ । ७ जना मध्य धारमा रहे । अर्थात्, प्रष्ट रूपमा कतै खुलेनन् । उपमहासचिव जनार्दन शर्माको प्रस्तावको पक्षमा ३ जना प्रस्तुत भए ।

बिहीबार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?