+
+
Shares

विद्युत विकास विभागले पायो पहिलो महिला महानिर्देशक, मनदेवी श्रेष्ठ नियुक्त

कुलमानायलाई शून्य अंक दिएका जीवछ हटाइए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्युत विकास विभागको महानिर्देशक पदमा मनदेवी श्रेष्ठ पहिलो महिला नियुक्त भएकी छन्।
  • मन्त्रीस्तरको निर्णयबाट जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।
  • मनदेवी पहिले विभागको उपमहानिर्देशक पदमा कार्यरत थिइन्।

१० असोज, काठमाडौं । विद्युत विकास विभागको महानिर्देशक पदमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । विभागको महानिर्देशक महिला बनेको यो पहिलोपटक हो ।

यसअघि विभागको महानिर्देशक जीवछ मण्डल थिए ।

मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिड.को सचिवालयले जनाएको छ ।

यसअघि मनदेवी विभागमै उपमहानिर्देशक पदमा कार्यरत थिइन् ।

जीवछले शून्य अंक दिएका थिए कुलमानलाई

जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका थिए ।

कार्यसम्पादन मूल्यांकनलाई समेत आधार बनाएर तत्कालीन सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो ।

जेनजी युवा आन्दोलनबाट तत्कालीन सरकार हटेर बनेको अन्तरिम सरकारमा कुलमान ऊर्जामन्त्री बनेपछि उनले हितेन्द्रदेवलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेका छन् ।

आज उनले विद्युत विकास विभागको महानिर्देशक पनि फेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?